२३ असोज, नेपालगन्ज । बाँके प्रहरीले अवैध रुपमा माटो ढुवानी गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ ।
शुक्रवार बाँकेको बैजनाथ गाउँपालिका–२ मानखोलाबाट अबैध रुपमा माटो ढुवानीमा संलग्न भे १ त ६३७६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उक्त ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी गराएका छन् ।








