४ मंसिर, नेपालगन्ज । बाँके प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा र ढुङ्गा) ढुवानीमा संलग्न चारवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मिति २०८३ मङ्सिर ३ र ४ गते जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर १ र २ स्थित मकैबारी क्षेत्रबाट ती सवारी साधनहरू पक्राउ परेका हुन् ।
नियन्त्रणमा लिइएका ट्याक्टरहरूमा एउटा ‘अन टेस्ट’ सहित भे १ त ३०१२, भे १ त ७५०५ र भे १ त ८१६४ नम्बरका ट्याक्टरहरू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैध ढुवानी गरिरहेको अवस्थामा ती ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रतित सिंह राठौरद्वारा शुक्रवार जारी प्रेस विज्ञप्तिमा नियन्त्रणमा लिइएका चारवटै ट्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here