२ मंसिर, नेपालगन्ज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय नेपालगन्जले कर दिवस तथा कर सप्ताह (मंसिर १–७) बिभिन्न कार्यक्रम गरी मनाई रहेको छ ।
“कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता” मूल नारामा साथ बुधवार कर दिवस तथा कर सप्ताह अन्तर्गत आयोजित रक्तदान कार्यक्रममा कर्मचारी, सञ्चारकर्मी, सेवाग्राही लगायत १ महिला सहित ३१ जनाले रक्तदान गरेका छन् ।
आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख एवं प्रमुख कर अधिकृत प्रेम प्रसाद उपाध्यायले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र खजुराका प्रमुख होमराज गिरी र सुनिता कुमाईलाई हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।
आयोजित रक्तदान कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख एवं प्रमुख कर अधिकृत प्रेम प्रसाद उपाध्याय, कर अधिकृत किरन डाँगी, सञ्चारकर्मी दिनेश ठाकुर, राजेन्द्र खडका, डिल्ली प्रसाद बस्याल, कामेश्वर मण्डल, खेम प्रसाद उपाध्याय, कर्णाली डिष्टलरीबाट सुख नन्द यादव, अशोक पौडेल, शैलेन्द्र कुमार मिश्र, गंग बहादुर थापाले रक्तदान गरेका थिए ।
यसरी उक्त रक्तदान कार्यक्रममा गणेश खत्री, रमेश सिंह ठकुरी, मनोज कुमार बुढामगर, भुवन केसी, सुवर्ण भण्डारी, नारायण प्रसाद भट्ट, दिनेश खनाल, दिपेन्द्र कुमार गाहाथापा, मुस्ताक अहमद आजाद, कल्पना चौधरी, दिक्षित एण्ड एशोसिएटबाट वेद प्रकाश दिक्षित, अनुप तिवारी, बिभूषित थापाले रक्तदान गरेका थिए भने यसैगरी आन्तरिक राजस्व कार्यालयका सुन्दरलाल थारु, दिलिप चौधरी, नबिन आचार्य, दिपेन्द्र बिष्ट, युवराज खनाल, देवा बहादुर थापा र पवन सिंह चौहानले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार केन्द्र खजुराका प्रमुख होमराज गिरी, सुनिता कुमाई, बीरेन्द्र योगी, बैकुण्ठ र लोकेश थारुले प्राविधिकमा सहयोग गरेका थिए । रक्तदान कार्यक्रममा अडानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल करीम खान, केन्द्रिय सचिव मोहम्मद जुबेर राई, जिल्ला अध्यक्ष भुवन प्रसाद गैरे र शतक रक्तदाता पवन जायसवाल, आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।









