नरैनापुरलाई समृद्ध बनाउन सदनबाटै पहल गर्ने नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शर्माको प्रतिबद्धता
११ मंसिर, नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट साढे २६ हजारको मतान्तरले प्रतिनिधिसभामा विजयी भएर आईतबार काठमाडौ फर्केका छन् ।
निर्वाचनको सबै प्रक्रिया सकेर काठमाडौ जाने क्रममा नेपालगञ्ज विमान स्थल पुगेका रुकुम पश्चिमबाट निर्वाचित मन्त्री शर्मालाई नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले फूलको गुच्छा र दोसल्ला लगाएर बधाई दिए ।
अध्यक्ष शाहले रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य शर्मालाई बधाई दिँदै भने्, ‘नरैनापुर गाउँपालिकालाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईको साथ आवश्यक हुनेछ । तपाई सहित बाँकेबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यहरुसंग सहकार्य गरी नरैनापुरलाई समृद्ध बनाउन हामी आतुर छौँ ।’
शिक्षा, स्वास्थ्य, कृषि लगायतका समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्ने उल्लेख गर्दै अध्यक्ष शाहले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शर्मासंग सहयोगको अपेक्षा व्यक्त गरे ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शर्माले बाँकेको नरैनापुर आफनो पहिलो प्रातमिकतामा रहेकोले समृद्ध नरैनापुर बनाउन कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै शर्माले नयाँ सरकार गठन भए लगत्तै नरैनापुरको समस्या समाधानका लागि सदनबाटै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री शर्मालाई बधाई दिन बाँके क्षेत्र नं. १ (क) बाट नवनिर्वाचित प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, नरैनापुर गाउँपालिकाका जिन्सी शाखा प्रमुख भरत महतो लगायतका नेता कार्यकर्ताहरु नेपालगञ्ज बिमान स्थल पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here