काठमाडौँ,जेठ २३ गते । नयाँ नयाँ बीमा योजना ल्याएर ग्राहकको मन बस्न सफल प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १४औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकवर्गका लागि अर्को कोशेली प्रस्तुत गरेको छ ।

कम्पनीले पृथक किसिमको बीमा योजना “प्राइम शुभलाभ बीमा योजना” सार्वजनिक गरेको छ । जेष्ठ २२ गतेदेखि लागूू हुनेगरी कम्पनीले उक्त बीमा योजना सार्वजनिक गरेको हो । “प्राइम शुभलाभ बीमा योजना” ग्राहकहरुको नविनतम आवश्यकता लाई पूरा गर्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।

बीमितहरुको समय सापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्रार्थमिकता दिंदै आइरहेको यस कम्पनीले प्रत्येक वर्षजसो नविनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरु ल्याउन सफल भएको छ । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सक्नेछन ।

स्थापनाकालदेखिनै छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले ग्राहकहरुको थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिस्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउँदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने जानकारी दिनुभएको छ ।

ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको यस कम्पनीले यो सेवासंगै ग्राहकहरुको कार्यमा थप सहज भई निजहरुको सन्तुष्टि बढ्ने विश्वास गरेको छ । यस कम्पनीले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

‘उत्कृष्ट सेवाको साथ यस प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो १३औं वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गरेको अवसरमा उत्कृष्टताको प्रतिवद्धतामा थप निरन्तरता दिंदै नियमनकारी निकाय, लगानीकर्ता, बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकारवालाहरु लगायत सम्पूर्ण शुभ चिन्तकहरुमा विशेष आभार ब्यक्त गरेको छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here