१६ भाद्र, नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि दमकल मोटरसाइकल सेवा सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले काठमाण्डौ उपत्यका बाहिर पहिलोपटक दमकल मोटरसाइकल सेवा सुरु गरेको हो ।

दमकल मोटरसाइकल सेवाको नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको हो । सेवा शुभारम्भ गर्दै नगर प्रमुख विष्टले आगलागीको जोखिममा रहेको नेपालगञ्जमा दमकल मोटरसाइकल सेवा सुरु भएपछि साँघुरा गल्लीका कारण दमकल तत्काल पुग्न नसक्ने अवस्थामा यो सेवा निकै लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

काठमाण्डौ महानगरपालिकाका पूर्व बारुणयन्त्र इन्चार्ज एवम् बरिष्ठ अग्नि नियन्त्रक किशोरकुमार भट्टराईले दमकल मोटरसाइकल सेवा निकै प्रभावकारी रहेको बताउनुभयो । यो सेवा सुरु भएपछि अब बारुणयन्त्र जान नसक्ने क्षेत्रमा तत्कालै आगलागी नियन्त्रण गर्न सहयोग पुग्ने आपतकालीन कार्यसञ्चालन केन्द्रकमा सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here