९ श्रावण, नेपालगन्ज । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका २० जना अति विपन्न महिलाकालागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको छ ।
अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक सशक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको हो ।
एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टि«य आयोगका सदस्य हरिवंश किराँत, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टि«य आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सो तालिमको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्दै नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टि«य आयोगका सदस्य हरिवंश किराँतले सिलाई कटाई तालिम लिएर त्यसलाई व्यवसायीक रुपमा अंगालेमा सानो समयमै आर्थिक समस्या समाधान हुने बताउनु भयो ।
उहाँले यो तालिमले २० परिवारको आर्थिक अवस्था सुधारेर घर परिवार चलाउन सहज बनाउने पनि विश्वास व्यक्त गर्नुुभयो ।
यस्तै नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टि«य आयोगका सदस्य दिपक सरकारले आयआर्जन हुने यस्ता तालिमले धेरैको जिवनस्तरमा परिवर्तन ल्याएको बताउनुभयो ।
क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सहभागिलाई राम्ररी तालिम लिन आग्रह गर्दै यसलाई जिवन परिवर्तनको माध्याम बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली र कार्यक्रम अधिकृत गुलाम गौस लगायतको उपस्थिति रहेको थियो ।
तालिम समापनपछि हरेक सहभागिलाई सिलाई मेसिन एक सेट, आइरन प्रेस, नाप गर्ने काठको स्केल, कैंची र दस मिटर कपडा उपलब्ध गराइने कार्यक्रम अधिकृत गुलाम गौसले बताउनुभयो ।
बाँके युनेस्को क्लब मार्फत कतार च्यारेटीले जिल्लाका विभिन्न पालिकामा विपन्न र असहायका लागि विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here