अमन अन्सारी । २८ चैत्र, नेपालगन्ज । उर्दु साहित्यिक संस्था गुल्जार—ए—अदब, नेपालको ५ सय ९६औं मासिक गजल गोष्ठी श्रृंखला कार्यक्रम अदबका अध्यक्ष मुस्तफा अहसन कुरैशीको अध्यक्षतामा नेपालगञ्जको महेन्द्र पुस्तकालयमा सम्पन्न भएको छ ।
‘आईने खुद नही संवरते हैं’ शिर्षकमा भएको सो गोष्ठीमा नेपालगन्जका ख्यातिप्राप्त कवि ‘शायर’हरूले आफ्नो गजल वाचन गरेका थिए ।
शायरहरूमा मुस्तफा अहसन कुरैशी ‘अहसन’, सैय्यद आदिल सरवर ‘सरवर नेपाली’, नुरुल हसन राई ‘नूर’, मेराज अहमद ‘हिमालय’ तथा मोहम्मद आरिफ अन्सारी लगायतले उक्त शिर्षकमा रहेर आ—आफ्नो गजल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालगन्जका वरिष्ठ अधिवक्ता तथा बाँके जिल्ला बार एशोसिएसनका पूर्व अध्यक्ष अब्दुल हसीब सिद्दीकी तथा राशिद कमाल लगायतको विशेष उपस्थिति रहेको थियो ।
प्रत्येक महिनाको अन्तिम शनिवार बिहान ९ बजेर ३० मिनेटमा निरन्तर भैरहेको कार्यक्रमको सञ्चालन गुल्जार—ए—अदबका महासचिव मोहम्मद आरिफ अन्सारीले गरेका थिए ।









