२२ असोज, नेपालगन्ज । दलित महिला संघ (फेडो) बाँकेको १९औं बार्षिक साधारण सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सञ्चारकर्मी, सुरक्षाकर्मी, समाजसेवी, स्वयंसेवी रक्तदाताहरुले बिहीवार महिला र पुरुष गरी १९ जनाले रक्तदान गरेका छन् ।
नेपालगन्जको सुर्खेतरोड स्थित स्वस्तिक कटेजमा १९औं बार्षिक साधारण सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा दलित महिला संघ (फेडो) बाँँके अध्यक्ष निर्मला सुनार, सचिव टिका कुमारी बिक, कोषाध्यक्ष ज्ञानु सुर्वणकार, सदस्यहरुमा प्रतिभा गुर्ताल, अञ्जु कुमारी बिक, एकता नेपाली, तुलसी सुनार, कुसुम बैगार शारदा हरिजन, यम्बिका परियारले रगत संकलन गर्ने पाकेट नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार ईकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीको नेतृत्वमा, सुुनिल रत्गैया, महेश दहितलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा रक्तदान स्वयंसेवी ब्यक्तित्वहरुमा पत्रकार रुपा गहतराज, सोनू सिंह बिक, मोहम्मद रजा राई (मोनू), जिल्ला प्रहरी कार्यालय बाँके महिला सेलकी प्रहरी सहायक हवलदार संगा कुमारी चौधरी, सरिता परियार, सर्वेश कुमार सोनकर, पार्वती सुनार, सत्यजीत डडेल, भूमिका बिक, प्रभाकर गुर्ताल, चन्द्र बहादुर सुनार, कोपिला परियार, बिष्णु परियार, गोब्ली नेपाली, सल्टूराम थारु, स्वतन्त्र ददेल, ओम जंग ओली क्षेत्री, नोमा थापा, प्रसिद श्रेष्ठ लगायत १० जना महिला र ९ जना पुरुष गरी १९ जनाले उत्साहपूर्वक रक्तदान गरेका थिए ।
उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार ईकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीको नेतृत्वमा सुुनिल रत्गैया, महेश दहित र बैकुण्ठ रेग्मीले प्राविधिकमा सहयोग गरेका थिए भने रक्तदान कार्यक्रमलाई सफल पार्नमा दलित महिला संघ (फेडो) बाँकेकी सदस्य तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी आजीवन सदस्य प्रतिभा गुर्तालको ठूलो योगदान रहेको थियो ।
उक्त रक्तदान कार्यक्रममा शतक रक्तदाता पवन जायसवाल, दलित महिला संघ (फेडो) बाँकेका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here