३ वैशाख, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्व तथा सरोकारवाला निकायहरु समेतको सहभागितामा सोमवार राप्ती सोनारी लौकी र चपरगौडी राजमार्ग आसपासमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।
राप्ती सोनारी–१ लौकी र चपरगौडी राजमार्ग आसपासमा रहेका ६ वटा होटलहरूको स्थलगत अनुगमनको क्रममा न्यू मल्ल स्टाफ होटललाई तत्काल रू. १० हजार जरिबाना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराए । यस्तै खान नहुने अवस्थामा रहेको चुक, दुधको तर र अबैध सुर्ती गरी रू. ३ हजार मूल्य बराबरको सामान जफत गरी नष्ट पनि गरिएको प्रजिअ पोखरेलले बताएका छन् ।
यस्तै जीवन प्रेम खाना तथा खाजा नास्ता होटललाई तत्काल रू. १० हजार जरिवाना गरी रू. ३ सय मूल्य बराबरको अबैध सुर्ती जफत गरी नष्ट गरिएको छ ।
अन्य ४ वटा होटल लगायत सबैलाई पकाउने स्थल अनिवार्य रूपमा सुधार गरी सकेसम्म भान्सा पछाडि सार्न तथा सरसफाई र स्वच्छतामा विशेष ध्यान दिन निर्देशन दिइएको प्रजिअ पोखरेलले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here