२० भाद्र, नेपालगञ्ज । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी हर्षाेल्लासपूर्वक मनाइँदै छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
आजका दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्णको जन्म आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट भएको मान्यता छ ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
यस अवसरमा नगरको विभिन्न मन्दिर लगायत त्रिभुवन चोकमा झाँकी सहितको धार्मिक सांस्कृतिक कार्यक्रमको आयोजना गरि भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात श्रीकृष्ण जन्माष्टमी हर्षाेल्लासपूर्वक मनाइँदै छ ।
पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले शुभकामना सन्देश दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here