९ पौष, नेपालगञ्ज । लुुम्बिनी प्रदेससभाका नव निर्वाचित सांसद कृष्ण केसी ‘नमूना’ ले नरैनापुरको बिकट बस्तीहरुमा बिद्युतीकरणका लागि चासो देखाएकी छिन् ।
नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको पहलमा प्रदेश सभा सदस्य नमूनाले आफ्नो चुनावी क्षेत्रका केहि बिकट बस्तीहरुमा देखिएको विद्युतको अभावको अनुगमन गरेकी छिन् ।
अँध्यारो बस्तीहरुमा विद्युत बिस्तारका लागि योजना बनाएर बघि बढ्ने सांसद नमूनाले बताइन् । बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख सुरज गौतम सहित प्राविधिक टोली विद्युत नपुगेको बस्तीहरुको अनुगमन गरी फर्किएको छ ।
नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरको बनियाँ गाउँमा हाल सम्म बिजुली नपुगेकोले तत्काल विद्युत पु¥याउन प्राधिकरणका प्रमुख गौतमसंग आग्रह गर्दै नरैनापुर थप विद्युत विस्तारका लागि १५ सय पोल र उक्त पोलमा लाग्ने तारको व्यवस्था गरी नरैनापुरलाई उज्यालो बनाउनमा साथ दिन अनुरोध गरेका थिए ।
नरैनापुर गाउँपालिका अध्यक्ष शाहले विद्युत् सेवा पुग्नु आफ्नो र नरैनापुरवासीका लागि ठूलो खुसीको कुरा भएको बताउदै वर्षौदेखिको नरैनापुरबासीको बिजुली बाल्ने सपना पूरा भए पनि अब सिँचाइका लागि विद्युत विस्तार गर्न जरुरी रहेको जिकिर गरेका थिए । प्रदेश सभा सदस्य नमूनाले नरैनापुरमा आफूले नै विजुली ल्याएको दाबी गर्दै नरैनापुरको जुन गाउँमा विजुली पुगेको छैन त्यो गाउँमा ६ महिना भित्रै बत्ती बाल्ने प्रतिबद्धता गर्दै अबको विकास नरैनापुरबाट सुरु हुने बताइ् । उनले नरैनापुर सर्वोपरि विकासका लागि आवश्यक सम्भावनाको खोजी गरी आर्थिक उपार्जनको बाटोमा डो¥याउन आफू प्रतिबद्ध रहेको जिकिर गर्दै कृषिलाई आर्थिक विकासमा जोडि स्थानीय उत्पादनको सहज बजारीकरणका लागि आफूले पहल गर्ने बताइन् ।
यस्तै विद्युत प्राधिकरणका प्रमुख गौतले नरैनापुर ६० प्रतिशत विद्युत विस्तार भई सकेकोले बाँकी रहेको काम सक्दो छिटो सम्पन्न गर्ने बताए ।
नरैनापुर ५ मटेहियाका रामचन्द्र मौर्यले भने, घरमा बत्ति बलिसेको छ अब खेतमा सिचाईका लागि लाईन पु¥याउन आग्रह गरे । शुक्रबार नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहसंगै प्रदेश सभा सदस्य नमूना, विद्युतका प्रमुख गौतमले वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, ६ का अध्यक्ष प्रेम मौर्य र स्थानीय नागरिकहरु संग भेट गरी विद्युतको समस्याका विषयमा छलफल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here