१४ असार, नेपालगन्ज । बाँके प्रहरीले लागू औषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोहलपुर न.पा. १३ बस्ने वर्ष २८ को रघु थारु र सोही ठाउँ बस्ने वर्ष १८ को दिपेश दमाई रहेका छन् ।
उनीहरुलाई ने.गं.उ.म.न.पा.वडा नं. १० स्थित जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो ।
शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा निजहरुलाई चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट शुद्ध तौल ४ ग्राम ३७० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसुरमा दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here