२ जेठ, नेपालगन्ज । बाँके प्रहरीले जुवातासमा संलग्न १३ जना मानिसहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके ने.ग.उ.म.न.पा. १० बस्ने ६० को प्रमोद के.सी., खजुरा गा.पा. ८ बस्ने वर्ष ३३ को एकराम हुसेन, खजुरा गा.पा. ३ बस्ने वर्ष ४२ को दिपक कँडेल, खजुरा गा.पा. ८ बस्ने वर्ष २७ को अब्दुल मिया, खजुरा गा.पा. ८ बस्ने वर्ष ३० को सफिक खाँ, बाँके बैजनाथ गा.पा. ५ बस्ने वर्ष ३० को नबि हुसेन, बैजनाथ गा.पा. ५ बस्ने बर्ष ३८ को जमालुदिन, बाँके जानकी गा.पा. ३ बस्ने वर्ष अं. ३६ को साकिर अली बागवान, बर्दिया बारबर्दिया न. पा. ७ बस्ने वर्ष ३५ को दुर्गा बोहरा, बर्दिया बारबर्दिया न.पा. ६ बस्ने वर्ष अं. ३३ को छबिलाल गिरी, बर्दिया बारबर्दिया न. पा. ६ बस्ने वर्ष २७ को सुजन पुरी, बर्दिया बारबर्दिया न.पा. ७ वर्ष ३० को नबिन शाही तथा बर्दिया बारबर्दिया न. पा. ५ वर्ष ४६ को प्रेम गिरी रहेका छन् ।
शुक्रवार राती अन्दाजी १ः३० बजे समयमा जिल्ला बाँके खजुरा गाउँपालिका वडा नम्बर ४ खजुरा मिनिपार्क एण्ड रिसोर्ट प्रा. लि. को कोठा नम्बर १०५ मा हारजित हुने गरी जुवा तास खेलिरहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धनौली बाँकेबाट प्रहरी टोली खटि गई जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई जुवाखालबाट नगद जम्मा रु. १ लाख २८ हजार ३१० सहित पक्राउ गरिएको हो ।
यस्तै पक्राउ परेकाहरुको साथबाट खोलेको तास गड्डी थान २, नखोलेको तास गड्डी थान ३ पनि बरामद गरिएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी गराएका छन् ।







