२४ वैशाख, नेपालगन्ज । बाँके प्रहरीले अबैध रुपमा माटो उत्खनन् तथा ढुवानी गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ ।
बाँकेको बैजनाथ गा. पा. ०५ न्यू सिटीबाट अबैध रुपमा माटो उत्खनन् तथा ढुवानीमा संलग्न २ वटा सवारी साधनलाई बिहीवार नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी गराएका छन् ।








