बुद्ध जस्तै अन्य एयरलाईन्सले पनि प्लेन उडाउने तयारी गरिरहेका छन् । भने नेपालगन्ज विमानस्थलमा मापदण्ड अनुसारको व्यवस्थापन गरिएको छ र नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ । यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरलाइन्सलाई बुझाउनुपर्ने छ । सबै यात्रुले सेनेटाइजर र मास्क अनिवार्य रुपमा लगाउनुपर्ने छ।

बाँके–नेपालगन्ज विमानस्थलले आउने सोमबार देखि आन्तरीक हवाई उडान सुरु गर्ने भएको छ । लामो समयदेखी बन्द रहेको उडानलाई असोज ५ गतेदेखी नियमित गर्ने तयारी गरीएको विमानस्थल स्रोतले जनाएको छ । हवाई यात्रा शुरु हुने मिति तोकेसंगै टिकट बुकिङ शुरु भएको बुद्ध एयर नेपालगन्जका स्टेशन म्यानेजर बिनित विक्रम शाहले जानकारी दिए । अहिले न्यूनतम भाडा काठमाण्डौका लागि पाँच हजार २ सय ५५ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here