१६ वैशाख, नेपालगन्ज । बाँके प्रहरीले चिकित्सकमाथि दुर्व्यवहार गर्ने मानिसलाई पक्राउ गरेको छ ।
गत बैशाख ६ गते बाँकेको बैजनाथ गा. पा. ६ बस्ने वर्ष ६२ की एक जना महिला स्वास्थ्यमा समस्या आई भेरी अस्पताल नेपालगन्जमा उपचार गराई रहेको अवस्थामा मिति बैशाख १३ गते मृत्यु भएको घटनालाई लिएर बैशाख १५ गते बिहान अन्दाजी १०ः३० बजेको समयमा हुलहुज्जत गर्दै अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी एवं स्वास्थ्यकर्मीहरुलाई गालीगलौज, ज्यान मार्ने धम्की साथै अभद्र व्यवहार गर्ने र साथ साथै सामाजिक संजालका माध्यमबाट समेत अस्पतालमा कार्यरत चिकित्सकहरुलाई गालीगलौज र ज्यान सुरक्षामा नै खतरा पु¥याउने जस्तो कसुरजन्य अभिव्यक्ति दिने बाँके, बैजनाथ गा.पा. ६ का कुशल दर्लामीलाई पक्राउ गरी बाँके जिल्ला अदालतबाट ३ दिन म्याद थप भई विद्युत्तिय कारोबार ऐन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अन्तर्गत अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी गराएका छन् ।








