५ असोज, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले सेवा निवृत्त भएका प्रहरी नायव निरीक्षकको सम्मान तथा विदाई गरेको छ ।
नेपाल प्रहरी सेवामा २०५२।३।५ गते प्रहरी जवान पदमा सेवा आरम्भ गरी नेपाल प्रहरीको पवित्र सङ्गठनका विभिन्न प्रहरी इकाईहरुमा अनवरत रुपमा देश र जनताप्रति निष्ठावान तथा समर्पित रही सेवा प्रवाह गर्दै प्रहरी नायव निरीक्षक जस्तो गरिमामय पदमा पुगेका प्रहरी नायव निरीक्षकको सम्मान तथा विदाई गरिएको हो ।
२०८२ असार ५ गतेदेखि प्रहरी नायव निरीक्षक पदबाट अनिवार्य अवकाश लिई सम्मानपूर्वक सेवा निवृत्त भएका पूर्व प्रहरी नायव निरीक्षक कमल बहादुर के.सी.लाई कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले कदर पत्र, मायाको चिनो र अवकाश पत्र प्रदान गरि स–सम्मान बिहीवार बिदाई गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको
छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here