३ असोज, नेपालगञ्ज । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र क्लिीन नेपालगन्ज ग्रिन नेपालगन्जको संयुक्त आयोजनामा बुधवार दिवसको अवसरमा बृक्षारोपण तथा सचेतना कार्यक्रम गरिएको छ ।
नेपालगन्जस्थित मंगलप्रसाद उच्च माविको प्राङ्गणमा बुधवार विहान विभिन्न जातका करिब दुई दर्जन विरुवाहरु रोपिएको केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताए ।
नेपालगन्जका मेयर प्रशान्त विष्टले बृक्षारोपणको शुभारम्भ गर्दै नेपालको ऐतिहासिक संविधानलाई सबै निकायले पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै सबैलाई समान रुपको व्यवहार गर्न आग्रह गरे ।
उनले नेपालको समाबेशीमुलक संबिधानले सबैको हक अधिकारलाई ग्यारेन्टी गरेको हुनले स्थानीय सरकारले त्यसको कार्यान्वयन विशेष ध्यान दिने प्रतिबद्धता समेत गरे ।
त्यस अवसरमा नेपालगन्जका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई संविधान र कानूनका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा क्लिीन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष तथा अभियन्ता डा. विनोद कर्ण, नागरिक अभियन्ताहरु शुरेस श्रेष्ठ, श्याम विष्ट, लोकबहादुर शाह, विजयरत्न श्रेष्ठ, शकिल अहमद अन्सारी, उत्तम श्रेष्ठ, रविन्द्रकुमार ज्ञवाली, घनश्याम घर्ति, अन्नतनाथ भट्टराई, जेन्टिल गौतम, राजकुमार केवट, विद्यार्थीहरु अभिजित तिवारी सत्यजित तिवारी, नैतिक गुप्ता, श्लोक श्रेष्ठले संविधानको कार्यानवयनको अवस्था समस्या लगायतका बारेमा आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
त्यस अवसरमा संस्थाले डुडुवा गाउँपालिकाको सहयोगमा प्रकाशन गरेको अवधी भाषाको संविधान निः शुल्क रुपमा वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here