२७, असार, नेपालगञ्ज । बालयौन दुराचार मुद्दामा फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्लाको डुडुवा गाउँपालिका वडा नंं.४ का ३३ वर्षीय अनिस नाउ रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । नाउमाथि बाँके जिल्ला अदालतको फैसलाले बाल यौन दुराचार मुद्दामा ३ महिना ८ दिन कैद सजाए तोकिएको थियो । उनी यसअघिसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले नाउलाई पक्राउ गरी सोमबारनै बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here