१९ वैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका छन् ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँको मिति २०८२ वैशाख १५ गतेको पत्रादेशले जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले शुक्रवार कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । सो अवसरमा उनलाई भव्य स्वागत गरिएको थियो ।
यसैगरि तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको पत्रादेशानुसार जिल्ला प्रहरी कार्यालय, बाँकेमा सरुवा भई मिति २०८० चैत २८ गते हाजिर भई कार्यालय प्रमुखको रुपमा कार्यरत रहि तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०८२ वैशाख १५ गतेको आदेशानुसार नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्की काज सरुवा भई जान लागेका प्रहरी उपरीक्षक तुल बहादुर कार्कीलाई पारिवारिक तथा व्यवसायिक जिवन सफलताको शुभकामना सहित मायाको चिनो प्रदान गरी एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय, बाँके तथा मातहत इकाईहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा हवल्दार जवानहरुको समेत उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here