३ चैत्र, नेपालगञ्ज । प्रहरीले अवैध ब्रोईलर कुखुराको चल्ला बरामद गरेको छ ।
शनिवार नेपालगञ्जको बिभिन्न स्थानमा अबैध रुपमा कुखुराको चल्ला लेजाँदै गरेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले ने.ग.उ.म.न.पा.२० राँझा, ने.ग.उ.म.न.पा.१८ भुजईगाउँ र डुडुवा गा.पा. ६ हिरमिनिया स्थित चेकजाँच गर्दा उक्त ब्रोईलर कुखुराको चल्ला बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ब्रोईलर कुखुराको बच्चा ल्याउदै गरेको अवस्थामा ५९ पेटी
(५९०० गोटा) अन्दाजी मुल्य रु.५ लाख ९० हजार र ढुवानीमा संलग्न अटोको अंन्दाजी मुल्य रु. ६ लाख ५० हजार गरि जम्मा मूल्य रु.१२ लाख ४० बाह्र लाख चालिस हजार बराबरको अबैध कुखुराको बच्चा फेला पारी ढुवानीमा संलग्न अटो र मानिस सहित पक्राउ गरि आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्ज बाँकेमा पठाईएको छ ।
साथै ने.ग.उ.म.न.पा. १८ कारकाँदो स्थित अबैध रुपमा भारतबाट ल्याएको माछा ८ के.जि. अन्दाजी मूल्य रु २ हजार ४ सय बराबरको माछा बरामद गरी आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here