१८ वैशाख, नेपालगन्ज । गैर सरकारी संस्थाहरुको छाता संगठन गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको १०औँ अधिवेशन तथा २३औं साधारणसभा यही जेठ १२ गते हुने भएको छ ।
बुधबार बसेको गैसस महासंघ नेपाल बाँके शाखाको कार्य समिति बैठकले जेठ १२ गते अधिबेशन गर्ने निर्णय गरेको हो ।
अधिवेशन भव्यताका साथ सफल पार्नका लागि जेठ ५ गतेभित्र आवद्ध संस्थाहरुको नविकरण गरिसक्ने बैठकले निर्णय गरेको छ । अधिबेशनमा गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराइ, केन्द्रीय महासचिब देवी खड्का, केन्द्रीय सचिब नमस्कार शाह लगायतको सहभागिता रहने छ ।
गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखा अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा बुधबार बसेको बैठकले अधिबेशनलाई सफल पार्न सम्पूर्ण आबद्ध संस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरेको शाखा उपाध्यक्ष मन भण्डारीले बताए । बैठकमा गैसस महासंघ नेपालका केन्द्रीय सचिब नमस्कार शाह, शाखाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।








