१३ फागुन, नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि आज मनाइँदै छ ।
यो पर्व संसारबाट विदा भई स्वर्गीय भएकाहरुको स्मरण र उहाँहरुको आत्माको शान्तिको लागि मनाइँदै आएको छ ।
शबेबरात पर्वको अवसरमा यहाँ नेपालगञ्जमा विभिन्न मस्जिदमा आज सामुहिक प्रार्थना सभाको आयोजन हुँदैछ । साथै अबेर राती इस्लाम धर्मावलम्बीहरुले कब्रस्तानमा पुगी स्वर्गीय भएका आफ्ना आफन्तहरुको आत्माको शान्तिको लागि प्रार्थना गर्ने भएका छन् ।
पर्वको अवसरमा घर–घरमा मिष्ठान्न र विभिन्न परिकार पकाई एक अर्काको घरमा बाँड्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here