१५ जेठ, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान शुरु गर्न लागेको छ ।
मानवको जिवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान शुरु गर्न लागेको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
अध्यक्ष चौधरीले भने, ‘रगतको व्यवस्था गर्न दैनिक सेवाग्राहीको फोन आउँछ, तर गाउँपालिकासंग रगत छैन, त्यसैले व्यवस्थापन कठिनाई भएपछि यो अभियान शुरु गर्न लागेको छु ।’
गाउँपालिकाले यही जेठ १७ गते बृहत रक्तदान कार्यक्रममार्फत उक्त अभियान शुरु गर्न लागेको छ । गाउँपालिकाभित्र गरिब तथा असहायलगायतका विरामीहरुलाई रगतको व्यवस्थापनका लागि अब गाउँपालिकाले नियमित रुपमा बृहत रक्तदान कार्यक्रम गरि रगत संकलन गर्ने रक्तदान कार्यक्रम सयोजक कौशलकुमार कैरातीले बताए ।
उनका अनुसार बृहत रक्तदान कार्यक्रममा बढी भन्दा बढी मनिसहरुको रगत संकलनका लागि व्यापक रुपमा प्रचारप्रसार, माइकिङ्ग लगायतका कार्यक्रम भईरहेको छ । रक्तदान कार्यक्रममा युवा, युवती, महिला, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी स्थानीय लगायत सबैको सहभागिता गराइनेछ ।
‘रगत तथा प्लाज्मा नियमितरुपमा दान गरौ, जीवन बचाउने कार्यमा एक्यबद्ध होऔं’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको छ । गउँपालिका वार्ड नं. ३ बनकट्टीस्थित नयाँ प्रशासनिक भवनको प्राङ्गणमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
जनचेतनाको अभावमा अझै पनि अधिकाँश नागरिकहरु रक्तदान नगरेकाले यस्तो अभियानले उनीहरुमा चेतना अभिबृद्धि हुने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here