१४ चैत, नेपालगन्ज । नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत मंगलवार राप्ती सोनारी गाउँपालिका वडा नं. १ मा अगुवा कार्यकर्ता प्रशिक्षण गरिएको छ ।

कुसममा आयोजित कार्यक्रममा बोल्दै मिसन ग्रास रुट अभियानको लागि राप्ती सोनारी गाउँपालिकामा खटिनुभएकी पार्टी केन्द्रीय सदस्य कोमल वलीले पार्टीको आधारभूत तहबाटै संगठन सुधार गर्न मिसन ग्रास रुट अभियान सञ्चालन गरिएको बताउनु भयो ।

“पार्टीको संगठन बलियो नभए पार्टी बलियो हुन सक्दैन त्यसैले एमालेले गरेका राम्रा कामवारे जनतालाई जानकारी दिँदै जरैदेखि संगठन सुधार अभियान सञ्चालन गरिएको छ”,एमाले नेतृ वलीले भन्नुभयो,“जनताका समस्या बुझ्दै पार्टीमा संगठित गरि आधारभूत तहबाटै बलियो जग बसाल्ने काम मिसन ग्रास रुटले गर्ने छ ।”

उहाँले मुलकुमा नेकपा एमालेमात्रै जनमुखी, राष्ट्रवादी र मातृभूमिको रक्षा गर्ने पार्टी भएको बताउँदै वडास्तरमा प्रशिक्षित नेता कार्यकर्ताले टोल र गाउँ कमिटीमा प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले आगामी निर्वाचनमा एमालेले तीनै तहको सरकार बनाउने लक्ष्यका साथ मिसन ग्रास रुट अभियान सञ्चालन गरिएको उल्लेख गर्दै अभियानलाई टोल टोल वस्तीसम्म पुर्याउन आग्रह गर्नुभयो ।

पार्टी प्रदेश कमिटी सदस्य युवा नेता रबिन्द्र लम्सालले पार्टीलाई सशक्त, एकतावद्ध र चलायमान बनाउन अभियान सञ्चालन भएको उल्लेख गर्दै वडास्तरमा टोल कमिटी गठन पुनर्गठन र जनवर्गीय संगठनलाई पनि चलाउमान बनाउन आग्रह गर्नुभयो ।

वडा कमिटी सचिव चूर्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य प्रेम भुषाल, जिल्ला कमिटी सदस्य अभियान्ता डिलबहादुर परियार, केशव शाही, गाउँपालिका कमिटी अध्यक्ष मनोज केसी, सचिव सुधा चौधरी, किसान महासंघ जिल्ला अध्यक्ष कृष्णबिक्रम केसी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here