३ मंसिर, नेपालगञ्ज । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुरमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले कुनै पनि डर, त्रासमा नपरी निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्नु भएको छ ।
गाउँपालिकामा रहेका १२ वटा मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको बताउँदै उहाँले मतदानस्थल तयार पार्ने काम सम्पन्न गरेको बताउनुभयो । अध्यक्ष शाहले भन्नु भयो ‘ गृह प्रशासनले शान्ति सुरक्षाको पूर्णरूपमा सुनिश्चितता गरेको छ, नरैनापुरमा भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरिएको छ, त्यसका लागि आवश्यक तयारी पूरा भएको छ, निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्दछु ।’
अध्यक्ष शाहले भन्नु भयो, “निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् मर्यादित बनाउन निर्वाचन आयोगले आफ्नो तर्फबाट सबै उपाय अपनाएको छ भने स्थानीय सरकारले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्र्यादित बनाउन लागि परेको छ, त्यसैले आममतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अनुरोध गर्दछु ।”
अध्यक्ष शाहले, निर्वाचनमा सहभागी सबै प्रशासक, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी एवम स्वयमसेवीलाई जिम्मेवार र संयमतापूर्वक कर्तव्य निर्वाह गर्न पनि अनुरोध गर्नु भएको छ ।
संविधान कार्यान्वयनको मुख्य कडिकोरुपमा लिईएको यो चुनावलाई संबिधान लागु गर्ने अस्त्रकारुपमा बुझ्न समेत अध्यक्ष शाहले सबैलाई अपिल गर्नु भएको छ । निर्वाचनमा निर्वाधरुपले सहभागी भई नमुना निर्वाचन बनाउने कार्यमा सहयोग गर्न समेत अध्यक्ष शाहले आग्रह गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here