२ कात्तिक, नेपालगन्ज। जनता समाजवादी पार्टी बाँकेले क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ।

बुधबार बिहान नेपालगन्जका भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु भएको हो।

जसपाका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राई आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरिरहेका छन्।

त्यसक्रममा उम्मेदवार राईले घरघरमा मतदाताहरूलाई भेटेर आफूले गरेको कामको मूल्याङ्कनका आधारमा भोट दिन आग्रह गरेका थिए।

घरदैलोका क्रममा स्थानीयले उम्मेदवार राईलाई स्वागत  गर्दै जितको शुभकामना पनि दिएका थिए।

निर्वाचन क्षेत्रका सबै वडाहरू तथा अरू पनि विभिन्न स्थानमा प्रचार प्रसारका लागि कार्यालयहरू खोलेपछि जसपाले घरदैलो कार्यक्रम सुरू गरेको हो।

घरदैलो कार्यक्रममा प्रदेशसभा ‘ख’का उम्मेदवार आदेशकुमार अग्रवाल, समानुपातिकतर्फका उम्मेदवारलगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here