कोहलपुर, फागुन ११

फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेशी प्यानलले घरदैलो अभियान सुरु गरेको छ । सो समुहले सोमबार कोहलपुर बजार क्षेत्रका साथै मदनचोक क्षेत्रका ब्यवसायीहरुसँग भेटघाट गरेको छ । घरदैलोका क्रममा त्यस क्षेत्रका व्यवसायीका समस्या बारे जानकारी लिदै सुझाव समेत संकलन गरीएको महासचिव पदका उमेदवार नबिन खड्काले जानकारी दिए ।

व्यावसायीले कोरोना माहामारी कारण थला परेको व्यवासयलाई माथि उकास्न पहल गर्न तथा साना व्यावायीको समेत हितका लागि काम गर्न सुझाव दिएको अध्यक्ष पदका उम्मेदवार बिष्णु खनालले जानकारी दिए । व्यवायीको सुझावका आधारमा आफ्नो समुह अगाडी बढने बताउदै खनालले व्यवायीक हित र अधिकारका लागि अफ्नो समुह लाग्ने बताए । उनले पहिलो चरणको घरदैलोमा ब्यवसायीको माया पाएको बताउदै आफुहरुको जित निश्चित भएको दावी समेत गरे ।

घरदैलो तथा सुझाव संकलनमा उम्मेदवारहरुसँगैै कोहलपुर क्षेत्रका पुराना व्यावासयीहरुको समेत सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here