मनोज कौशल
नेपालगंज – बाँकेमा आगमी चैत २० गतेदेखि चौथो मेयर कप शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा नेपालगन्जमा रहेको रंगशाला कवर्डहलमा प्रतियोगिता संचालन गरिने छ । आयोजक संघले शनिबार नेपालगन्ज पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको छ । सम्मेलनमा संघका अध्यक्ष महेशकुमार श्रेष्ठले प्रतियोगिता दुई दिने चल्ने बताए । श्रेष्ठका अनुसार प्रतियोगिता ६ वटा समूहमा खेलाइने छ । जसमा ५५, ६०, ६५, ७०, ७५ र ७५ भन्दा माथि वजनबिच प्रतिस्पर्धा हुनेछ छ । प्रतियोगितामा एउटा संघ वा क्लबबाट वजन समूह बढीमा दुईजना खेलाडी गरी १२ जना खेलाडी र एकजना टिम मेनेजरले सहभागिता जनाउन पाउनेछन् । आयोजकका अनुसार प्रतियोगितामा प्रत्येक समूहबाट पाँचजना खेलाडी दोस्रो दिनको फाइनमा प्रवेश गर्नेछन् । फाइनमा खेलमा प्रत्येक वजन समूहको खेलाडीमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमस पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार पाउनेछन् । फाइनल प्रतियोगितामा प्रत्येक समूहको समूहगत विजेता खेलाढीबीच प्रतिस्पर्धा हुनेछ । जसमा मिस्टर नेपालगन्ज हुने खेलाडीलाई प्रतियोगिताको उपाधिसहित नगद २० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघका सदस्य मंगल जिएमले बताए ।