१ कार्तिक, नेपालगञ्ज । वाम लोकतान्त्रीक गठबन्धनको बाँके निर्वाचन क्षेत्र नं १ ‘ख’ को संयुक्त निर्वाचन परिचालन समितीको कार्यलय उद्घाटन गरिएको छ । कोहलपुरको गोलपार्क नजिक खोलीएको संयुक्त निर्वाचन परिचालन समितीको कार्यलयको उद्घाटन बाँके निर्वाचन क्षेत्र नं १ वाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ र बाँके निर्वाचन क्षेत्र नं १ ‘ख’ का उम्मेदवार फुलाराम थारुले संयुक्त रुपमा गरेका थिए ।
कार्यालयको उद्घाटन गर्दै बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अथकले देशभर वाम लोकतान्त्रीक गठबन्धनको पक्षमा जनलहर उत्साहजनक देखिएको बताउदै गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन सवै उत्साहजनक तरिकाले लाग्नु पर्ने बताए । उनले निर्वाचन परिचालन समितिको कार्यालयबाट निर्वाचन प्रचार प्रसारका सबै कामहरु व्यवस्थित तरिकाले हुने बताए ।
यस्तै वाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं १ ‘ख’ का उम्मेदवार फुलाराम थारुले कार्यलय उदघाटनसँगै चुनावी गतिविधीले तिब्रता पाएको बताए ।
कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश ‘ख’ का सभापती तथा संयुक्त निर्वाचन परिचालन समितिका संयोजक बलराम शर्मा न्यौपाने लगायत लोकतान्त्रीक गठबन्धनका नेता तथा कर्यकर्ताको उल्लेखनिय उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here