१७ असार, नेपालगञ्ज । समाज जागरण साप्ताहिक पत्रिकाको १४औं वार्षिकोत्सव, सत्यमखबर डटकम अनलाईन न्यूजको दोस्रो वार्षिकोत्सव तथा नेपालगञ्ज उमनपा वडा नं. ६ को वडा प्रोफाईल बिमोचन कार्यक्रम शुक्रवार आयोजन गरिएको छ । सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले समाज जागरण साप्ताहिकले अवधी भाषाभाषीहरुको क्षेत्रमा गरिरहेको योगदान सराहनीय रहेको तथा अवधी भाषा, संस्कार, संस्कृतिको विकासमा थप सहयोगको लागि नेपालगन्ज उपमहानगरपालिका सदैव तयार रही हातेमाले गर्ने बताए । विशिष्ट अतिथि तथा वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंहले यस वडाका सम्पूर्ण गतिविधिलाई वडाबासी माझ पु¥याउने स्थानीय सञ्चार भएको हुँदा हामीले बेलाबखत समाज जागरण साप्ताहिकको सहकार्यमा कार्य गर्ने गरिएको जानकारी गराउँदै वडा प्रोफाइल पनि यसै मध्य एक हो भनि बताए । यस वडा प्रोफाइल मार्फत वडामा २०७४ सालको स्थानीय निर्वाचत पछि मेरो नेतृत्वमा भएका सम्पूर्ण गतिविधिहरुलाई उल्लेख गरिनुका साथै हाल वडामा भएको भौतिक निर्माण, शिक्षा, स्वास्थ्यलगायत विषय समेत उल्लेख गरेको बताउँदै वडाबासीहरुलाई वडामा भौतिक निर्माणदेखि स्वास्थ्य, शिक्षासम्मको जानकारी पाउन सजिलो हुने भएको हुँदा वडामार्फत वडा प्रोफाइल प्रकाशित गरिएको बताए । कार्यक्रममा नेपाल ईट्टा उद्योग उद्योग व्यवसायी संघका अध्यक्ष देवबहादुर ओलीले ईट्टा उद्योगीहरुको समस्या समाधानको लागि छिमेकी मित्र राष्ट्र भारतका पत्रकारहरुले सहयोग गरी कलम चलाई दिनु हुन अनुरोध गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मो. आरिफ अन्सारी, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष रुद्र सुवेदी, फुल्टेक्रा ट्राफिक प्रमुख दिलबहादुर शाही, सत्यमखबर डटकमका सहसम्पादक हेमन्तराज काफ्ले, समाज जागरणका सहसम्पादक कुन्तलराज शर्मा, कार्यकारी सम्पादक बिष्णुलाल कुमाल, अवधी भाषी पत्रकार अजयकुमार गुप्ता, पत्रकार मधु पौडेल, भगतराम थारु, अजय पाठक, भिष्मा लोध, मनोज कौशल, समीर अली, बनि अमिन सल्मानी लगायतको उपस्थिति रहेको थियो । यस्तै भारतको रुपईडिहाबाट पत्रकार शेरसिंह कशौधन, श्यामकुमार मिश्रा, रईस अहमद, महबुब अहमदलगायतको सहभागिता रहेको थियो । समाज जागरण साप्ताहिकका कानुनी सल्लाहकार तथा सत्यमखबर डटकमका सम्पादक अधिवक्ता पूर्णप्रसाद ढकालको सभापत्विमा सम्पन्न कार्यक्रमको सञ्चालन समाज जागरण साप्ताहिकका प्रकाशक चन्द्रेश्वराज त्रिपाठीले गरेका थिए भने अतिथिहरुको स्वागत सन्ध्या शर्मा, चन्दा सिंह, उमेशनाथ मिश्राले टोपी, खादा तथा टिका लगाएर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here