नेपालगञ्ज उमनपा ३ नं. वडा बिस्कोरियन टोल बस्ने संघर्षशील र जुझारु, कसौंधन वैश्य समाजकी महिला सीमा कसौंधन पुनः एक पटक सो वडाबाट नेकपा माओवादी केन्द्रको तर्फबाट अयुब सिद्धिकी नेतृत्व को पेनल बाट महिला सदस्य पदमा यहि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरि रहेकी छिन् ।३ नं. वडाको बिस्कोरियन टोलमा बस्ने वैश्य विगतमा २०७४ सालमा नेकपा माओवादी पार्टी तर्फबाट नै महिला सदस्य पदमा प्रतिस्पर्धा गरि विजयी भएकी थिइन् ।

आफ्नो कडा श्रमको कारण उनी केहि दिनमा नै अति नै चर्चित बनिन् । अति कम बोल्ने र काम बढि गर्ने उनको प्रवृत्ति रहेको छ । यस कारण उनी महिला सदस्यमा निर्वाचित बन्दै वडाको विकास कार्यमा कस्सेर लागिन् । एकलैनी सडक विस्तार योजना, लक्ष्मी हल पछाडिको सडक निर्माण र विभिन्न मन्दिर मस्जिद लगायत का धार्मिक र सांस्कृतिक स्थल निर्माण कार्य उनकै पहलमा सम्पन्न भएको देखिन्छ उनी मात्र राजनीति क्षेत्रसम्म आफूलाई सीमित राखेनिन् राजनीतिसँगै उनले विभिन्न समाजसेवा कार्यमा त्यत्ति नै तल्लीन रहिन् । वडाको जनतालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन उनले युवकहरुलाई ड्राइभिंग प्रशिक्षण, महिलाको लागि सिलाई कटाई प्रशिक्षण, बेरोजगारको लागि रोजगारमूलक तालिम, कुसनको कारीगरी प्रशिक्षण जस्ता उपलब्धीपूर्ण कार्य उनकै अथक प्रयासको कारण भएको देखिन्छ आफ्नो ३ नं. वडा समितिको उपलब्धीपूर्ण कार्य देखाउन उनकै अथक प्रयासले स्वास्थ्य चौकी भवनको निर्माण कार्य सम्पन्न भएको हो । सामाजिक सेवा कार्य अघि बढाउन उनले २०५८ सालदेखि नै जिल्ला जनस्वास्थ्य कार्यालयमा स्वयंसेविकाको रुपमा कार्य गरि वडावासीहरुलाई स्वास्थ्यसेवा छिटो छरितो ढंगले प्रदान गरिन् । कोरोनाकालमा उनले दिएको योगदान वडामा नै प्रशंसनीय छ । त्यस्तै अपांग संघ, नेपाल मुस्लिम विकास चेतना केन्द्र, बाँके युनेस्को क्लबमा रहि विविध सेवा कार्य संचालन गर्ने मौका उनले पाइन् । उनमा आजपनि सोही प्रकारको सेवा कार्य गर्ने जोश जाँगर विद्यमान रहेको देखिन्छ । भर्खरै केहि वर्षअघि कसौंधन वैश्य समाजलाई आत्मनिर्भर बनाउन र विभिन्न सामाजिक चेतना ल्याउन बराबरीको हक अधिकार दिलाउन प्रेरित गर्न समाजका रामलखन वैश्यको साथमा सदस्य पदका लागि प्रतिस्पर्धा गरिन् तर यस चुनावमा निर्वाचनको क्षणमा ठूलो धाँधली भयो जसको कारण कसौंधन वैश्य समाजको सेवा गर्न उनी वन्चित भइन्् ।३ नं. वडा मुस्लिम र कसौंधन वैश्य समाजको बाहुल्यता रहेको वडा हो । सीमा कसौंधन वैश्य यी दुवै समुदायसँग पक्षपात नगरि सधैं उनीहरुको सेवा कार्यमा लागेकी छिन् । यस कारण निर्वाचनमा उनको विजय सुनिश्चित रहेको देखिन्छ तर यसको लागि वडावासीहरुको अपार समर्थन आवश्यक पर्छ । वैश्य आफ्नो निश्चित नै विजय हुने कुरामा ढुक्क छिन् । यसको लागि निर्वाचन प्रचार प्रसार कार्यमा अहोरात्रि सम्म खटेकी छिन् उनी ।उनले भनिन्, निर्वाचनमा आफू र आफ्नो सम्पूर्ण प्यानललाई विजयी गराउनुस् पहिले जस्तै नै म सेवा गर्न तयार छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here