१२ बैशाख / नाय मुलुक – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ काे समाजसेवी कर्मठ लाेकप्रिय वडाअध्यक्ष अयुब सिद्धिकी ले पुनः वडाअध्यक्ष पदमा उम्मेदवारी मनाेनयन आज दर्ता गराउनु भएको छ ।मनाेनयन दर्ता पछि आफ्नो भनाई राख्दै वडावासीहरूकाे विश्वासले गर्दा पुनः छुटेका कार्य सम्पन्न गर्न पार्टीले चुनेकाे बताउँदै अवसर दिएकाेमा सम्पुर्ण पार्टी को नेतृत्व लाई धन्यबाद दिए ।म कुनै राजनीतिक पृष्टभूमिबाट नआएकाे हुँदा विगतमा सिख्ने क्रम भएकाे तथा केही कमिकमजाेरी हुन गएकाे हुन सक्ने, उक्त कमिकमजाेरीलाई सुधार गर्ने अवसर वडावासीहरूले दिने विश्वासका साथ पार्टीले दिएकाे जिम्मेवारी पूरा गर्ने बताउनु भयाे ।

साथै उनको पार्टीबाट वडा अध्यक्ष पद का महिला उमेद्वार सीमा कसौधन वैश्य ले बताउनु भयो पार्टी को हल अवस्था हेर्दा गठबंधन ले नेपालगञ्ज उपमहानगरपालिका मा धेरै प्रभाव परेको हुँदा पार्टी ले नै मेयर उपमेयर सहित धेरै ठाउँ मा आफूले खोजेको जस्तो जिम्मेवारी नपाएको हुँदा पार्टी भित्रका का धेरै साथी हरु ले असन्तुष्टि जनाउँदै राम्रो ठाउँ खोज्दै पार्टी परिवर्तन गरिराएको अवस्थामा मैले पार्टी ले दिएको जुन सुकै जिम्मेवारी लाई आत्मसात गर्नु बाहेक कुनै विकल्प देखिएन । पार्टी जितिएको अवस्थामा मात्र हामी सबै को जीत हुनेछ । कहिले काँही पाइला पछाडिनु मा नै सबैको भलाइ हुँदो रहेछ । राजनीति मा सके सम्म हामी ले सबैलाई मिलाएर नै अगाडि बढ्नु पर्छ ।

वडा अध्यक्ष अयुब सिद्धिकी सहित समाज सेवी जुझारु महिला सदस्य सीमा कसौधन वैश्य दलित महिला सदस्य बसन्ती कनोजिया खुला सदस्य गोपाल वैश्य / मैनुदिन साई ले आफ्नो मनोनयन दर्ता गराउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here