७ बैशाख २०७९ नेपालगंज । पाँच दलीय सत्ता गठबन्धले आज नेपालगंज उप-महानगरपालिकाको मेयर नेपाली कांग्रेसलाई दिने र उप-मेयर जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्र नेपालगंजले असन्तुष्टि जनाएको छ । देश निर्वाचमा केन्द्रित भईरहेको छ, अवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो ।

यसलाई सबै राजनितिक दलहरु हार्दिकताका साथ स्वीकार गर्दै बहुदलिय प्रतिस्परदामा सहभागि भईरहेका छौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जसरी पार्टीले पाँच दलिय गठबन्धन बनेर चुनावमा जाने निर्णय भयो र राष्टिय राजनीतिको अवश्यकता भएकाले यसलाई सैधान्तिक रुपमा स्वीकार गर्दछौ । तर नेपालगंज उप-महानगरपालिकामा २०७४ सालमा ४ बटा वडा अध्यक्ष सहित सम्माजन तेस्रो स्थानमा रहेको र हाल पार्टी संगठन बलियो उपस्थिति भएकोले आजको गठबन्धन दलको निर्णयले नेकपा माओवादी केन्द्र नेपालगंज पार्टीको लागि अव्यवहारिक र अपमानजनक भएकाले मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने वातावरण सृजना गरियो भन्दै नेकपा माओवादी केन्द्र नेपालगंज उप-महानगर कमिटीले पत्रकार सम्मेलन गरी ध्यानाकर्षण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here