नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीले घर धैलाे , संगठन बिस्तार एवम् कार्यकर्ता स्वयंसेवक प्रशिक्षण लगाएता अभियानलाई तिब्रता दिएको छ ।

एक बुथ १०० युथ मूल नाराका साथ पार्टी नगर कमिटी ले उक्त स्वयम्सेवक प्रशिक्षण सांस्कृतिक कार्यक्रम एवम् र्यालि को आयोजना गरेको थियो ।


नगर कमिटी अध्यक्ष रतन शाही को अध्यक्षता मा भएकाे उक्त कार्यक्रमकाे प्रमुख आतिथ्यता पार्टी केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य अञ्जना चौधरी ले गर्नुभएको थियोे त्यसैगरी अतिथिमा पार्टी केन्द्रीय सदस्य अताहर हुसैन फरुकी प्रदेश कमिटी शाह सचिव एकल बहादुर बम प्रदेश कमिटी सदस्य नवीन शर्मा नगर कमिटी उपाध्यक्ष तारा प्रसाद खत्री नगर कमिटी उपाध्यक्ष गोपाल पुन नगर कमिटी उपाध्यक्ष वसन्त मल्ल सचिव प्रेम शाह शाह सचिव नन्द लाल वैश्य कोषाध्यक्ष कश्मीरा खातुन वाइसिएल नेपाल केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज शेख अलि ( जीत ) लगायत नेता कार्यकर्ता को उपस्थिति रहेको थियो
यसै क्रममा पार्टी ले विभिन्न चुनावी विषय मा छलफल गर्न का साथै मनोरञ्जन का लागि बीच बीच मा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here