राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मुस्लिम समुदायको ठूलो चाडका रूपमा रहेको इद उल अज्हा (बकर इद) आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ ।
राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्दछु ।”
राष्ट्रपतिले कोरोना सङ्क्रमणबाट बचेर सावधानीका साथ यो पर्व मनाउनु हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । नेपाल सरकारले यस पर्वको अवसरमा बुधबार राष्ट्रिय बिदा मनाउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here