बाँके प्रहरीले हराएको सामान फेला पारी सम्बन्धितलाई बुझाएको छ ।
झोला, नगद तथा सुनका गरगहना प्रहरीले फेला पारी सम्बन्धितलाई बुझाएको हो ।
जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.३ सिमरा वर्ष ५४ की देवी सापकोटा २६ गते पोखरादेखि नेपालगञ्ज आउने गाडीमा नेपालगञ्ज आएकोमा निजको नगद सहितको करिब १० तोला बराबरको सुनको गरगहना हराएको जानकारी प्रहरीलाई आएको थियो ।
जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरीको विशेष टोलीले जिल्ला बाँके नेपालगञ्ज उप–महानगरपालिका वडा नं.४ वसपार्क स्थित ग १ ख ९८४६ नं.को बसमा निजको झोला सहितको सम्पुर्ण सुनका गरगहना फेला पारेको थियो ।
झोला सहितको नगद तथा सुनको गरगहना सम्बन्धितलाई बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here