निषेधाज्ञा खुकुलो भएकाले बुझी नबुझी, लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लघंन भइरहेको मन्त्रालयको सह-प्रवक्ता डा समिर कुमार अधिकरीले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउने भन्दै स्वास्थ्य संस्थाहरूलाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थालाई अक्सिजन, बेड र आवश्यक पूर्वाधार तयारी गरेर राख्‍न निर्देशन दिएको छ । केही दिन यता बढेको संक्रमितको संख्याले कोभिडको तेस्रो लहर आउन सक्ने संकेत गरेको मन्त्रालयले जनाएको छ ।

एक सातादेखि संक्रमणको दर बढिरहेको छ । अहिले पाँच सय भन्दा बढी संक्रमित रहेको १० जिल्ला छन् । दुई सय भन्दा बढी संक्रमितहरू २६ जिल्ला छन् ।

गत साताको तुलनामा यसै साता बढी संक्रमित थपिएको अधिकारीले जानकारी दिनुभएको छ। संक्रमण बढिरहेकाले रोकथाम तथा नियन्त्रण गर्न सबै नागरिकले जनस्वास्थ्यको मापदण्ड गर्नुपर्ने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here