संजय साहुं
नेपालगन्ज/नेपालगन्ज उपमहानगर पालिका वडा नं. ८ एकलैनी मा रहेको अति प्राचिन मन्दिर कालीमैइया मा आषाढ 3 गते बिहिबार दिन देखि नगर महापुजैइया गर्ने तैयारी गरिएको छ


तत्कालिन बांके किल्ला त्यस पछि को बांके जिल्ला मा दशकौ अधि हैजा,कालरा,बिफार र प्लेग जस्तामहामारी रोग चलदा हजारौ हजार व्यक्तिको यस बाट मृत्यु हुने गरे थियो अत: यस्ता महामारी रोगबाट व्यक्ति लाई निजात दिलाउन यहाँ काली मैइया को नगर पुजैया गर्ने परम्परा को थालनी भएको थियो आज देखि करिब एक सय बर्ष अधि यो नगर पुजैया गर्ने नेपालगँज बडा नं. ३ का प्रख्यात भुइहार स्व: राम स्वरुप कुम्हार बाट सम्पन्न गराइएको थियो अब सोही परम्परा लाई अधि बढाउन्दै स्व: राम स्वरुप कुम्हार का नाती श्री रमेश चन्द्र कुम्हार बाट नगर पुजैया सम्पन्न गरीन्दै आइएको छ । यस बर्ष पनि भुइहार मध्येका व्यक्ति श्री रमेश चन्द्र कुम्हार यो नगर पुजैया कार्यक्रम सम्पन्न गर्ने बताईए को छ ।

यस सम्बन्धमा भुईहार रमेश चन्द्र कुम्हार संग जानकारी लिन खोज्दा उहाँले भन्नु भयो काली मैइया मन्दिर मा नगर पुजैया गर्ने परम्परा धेरै प्राचीन छ यहाँ मेरो बाजे ले यो पुर्जैया गर्नु हुन्थ्यो अहिले मा २०५६ साल अर्थात २२ वर्ष देखि भुईहार रही यो पुजैया कार्य माता रानीको सेवक (भुईहार) भई गर्दै आएको छु विगत समय पुजैया मा पँच जिवको बलि दिने प्रथा थियो यो परम्परा हटाउदै अब पँच फलको बलि दिने प्रथा चली रहेको छ । यसमा ३ गते दिन विहान ५ बजे देखि माताजीको धार चढाउने कार्यक्रम सोही दिन १० बजे कन्या भोज कार्यक्रम सोही दिन नै पुजापाठ जप को कार्यक्रम र रात्री ९ बजे महायज्ञ र विभिन्न किसिम ले माँ काली को पुजापाठ गरी रात्री १ बजे देखि नगर परिक्रमा गरीने छ यस क्रम मा ८ नं. वडा को नगर भवन नजीक रहेको हरदेव बाबा मन्दिरमा पुजापाठ गर्ने वडा नं. ११ स्थित मरिमाता मन्दिरमा पुजापाठ त्यस्तै वडा नं. २ स्थित माता बागेश्वरी मन्दिरमा पुजापाठ सो पश्चात वडा नं. १३ मा रहेको माता सरस्वती मन्दिर मा पुजापाठ नगर परिक्रमा कार्यक्रम सम्पन्न गरिनेछ । आषाढ ४ गते काली मैइया मन्दिर को परिसर मा साझा ५ बजे पुर्णहुति महायज्ञ गरी सम्पुर्ण कार्यक्रम टुङ्गयाइने बताउनु भयो काली मैइया मन्दिरको थप इतिहास बारे खोत्लिन्दा उल्लेख पाइन्छ कि यहाँ दशकौ अधि भारतको राजस्थान राजकोट बाट एक जना महाऋषि लाई यहाँ नेपालगँज मा बोलाइएको थियो सरस्वती वोहदा का वहाले माँ काली को प्रातिमाको प्राण प्रातिष्ठा गरि बाँकेको जुगन भरिया नामक जङ्गलमा कुटी बनाइ लमो समय सम्म बस्नु भएको थियो सो पछि वहाँ फिर्ता राजकोट गई त्यहि ब्रम्हलिन हुनु भएको थियो यसरी यस मन्दिरको प्राचिन इतिहास छ दशकौ सम्म यहा पण्डित राम आधार का पिता यहाँको पुजारी रहनु भएको थियो वहा को देहान्त पछि अहिले यहा पण्डित राम आधार स्वय् पुजा आजा कार्य गर्दै आउनु भएको छ । केही दिन देखि वहा को अनुपस्थिमा पण्डित शितल प्रसाद तिवारी यो कार्य गर्दै आइरहनु छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here