विज्ञान र प्रविधिको अध्ययन अध्यापन महंगो र खर्चिलो हुन्छ -भट्टराई ।

अर्थ / बाणिज्यजीवनशैलीमुख्य खबरशिक्षास्थानीय तहजेष्ठ २४, २०७८जटिल खबरLeave a Comment on विज्ञान र प्रविधिको अध्ययन अध्यापन महंगो र खर्चिलो हुन्छ -भट्टराई ।

कविन्द्र भट्टराई बाँके – देशको प्रगति बिना देशवासीलाई सुख र समृध्दी कदापि हुँदैन । अहिलेको यो विषम परिस्थितिमा देशको सबै शक्ति कोभिडको विरूध्दमा लडिरहनु परेको छ । त्यसो भनेर अरू सबै काम ठप्प राख्न पनि त सकिँदैन किनकि मानव मस्तिष्क नै चलायमान हुन्छ । सुख र समृध्दि सबै काल परिस्थितिमा एकै प्रकार बाट प्राप्त हुने पनि हैन । प्रगतिशिल मानव शासन ध्यान, ज्ञान हुँदै विज्ञानको युगमा प्रवेश गरेको छ । प्रापूर्व कालमा रिषिमुनिहरू ध्यान गर्थे त्यो युग ध्यानको युग थियो । त्यसपछि ज्ञानको युग शुरू भयो भने अहिले विज्ञानको युग हो । अहिले मानिस विज्ञानबाट सिर्जित घडिको आवाज सँगै उठछ भने विज्ञानकै सिर्जना रेडियो, टि भि अनि इन्टरनेटबाट समाचार आदान प्रदान गरि रहेको हुन्छ । अहिलेको अवस्था विज्ञानलाई पर राखेर केहि पनि गर्न नसकिने अवस्था हो ।

     विज्ञान सँगै जोडिएर आउने कुरा हो प्रविधि । विज्ञान र प्रविधि दुई फरक कुरा भए पनि एक अर्काका परिपुरक हुन । यसलाई सजिलो अर्थमा रुखको बोट र त्यसको फलसँग दाज्न सकिन्छ । विज्ञान भनेको रूख हो भने प्रविधि भनेको फल हो । फल मिठो मान्नेले रूख रोप्नु पर्दछ । अर्थात मिठो फलखान खोज्नेले बोटलाई मलजल गर्नु पर्दछ । सबै विज्ञानको आधारशिला साधारण विज्ञान हो । नेपालमा त्रिभुवन विश्वविद्यालयले साधारण विज्ञानका सबै जसो विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी गराउँछ । यसका अलवा काठमाण्डौं विश्वविद्यालयले पनि धेरैजसो विषयमा शिक्षा दिँदै आएको छ ।

विज्ञान र प्रविधिको अध्ययन अध्यापन महंगो र खर्चिलो हुन्छ । बोट उमार्न खर्च लाग्छ भनेर फल किनेर खानु भनेको कालान्तर सम्मकोलागि नकारात्मक सोंच हो । त्यकारण विज्ञान र प्रविधिका नयाँ नयाँ आयामहरूको बारेमा खोज अनुसन्धानात्मक अध्ययन अध्यापन आवश़्यक छ । यसका लागि अबका विश्वविद्यालयहरूले ध्यान दिन आवश्यक छ ।

 बाँकेवासीको अथक परिश्रमका कारण प्रदेश सरकारले खजुरामा प्रदेश विश्वविद्यालय स्थापना गर्न लागेको छ । अहिलेको यो विज्ञान प्रविधिको युगमा यो विश्वविद्यालयले पनि प्राविधिक शिक्षालाई नै प्रथमिकतामा राख्नु पर्ने देखिन्छ । त्यसो भन्दैमा अन्य साधारण र सामाजिक विषयहरुलाई पनि स्थान दिनु पर्दछ । यहाँ कुन कुन र कस्ता विषय समेट्दा राम्रो होला भनेर भन्दा पनि यसका सकारात्मक र नकारात्मक प्रभावबारे केहि मात्रमा चर्चा गर्न लागिएको छ । 

१)सामाजिक असर :-

      विश्वविद्यालय खजुरामा स्थापना भएपछि यहिको माटोसँग सुहाउँदो शिक्षा समेटिने छ । जसको फलस्वरूप यहाँका स्थानियका रिति रिवाज पनि अध्ययन अनुसन्सानका विषय बन्ने छन । यहाँको भाषा साहित्यको अध्ययन अनुसन्धान हुनेछ । यसले गर्दा एक थरिका व्यक्ति र परिवारको विभिन्न कुराको जानकारी अर्को समाजका व्यक्ति र परिवारलाई हुने भएकाले सामाजिक सद्भाव बढ्ने छ । समाजमा सामाजिक एकता कायम हुनेछ । 

 यति मात्र नभएर यहाँका स्थानिय मौलिक प्रविधीहरूको बारेमा समेत खोज अनुसन्धान हुनेछन् । यी हाम्रा निधि हुन जसका बारेमा विदेशी विद्यार्थीले समेत खोज अनुसन्धान गर्न आउनेछन् । हाम्रा मौलिक प्रविधिको प्रचार प्रसार हुने छ । यसले गर्दा सामाजिक सम्बन्ध मजवुत हुनेछ ।

विदेशी विद्यार्थी समेत अध्यन गर्न आउने हुँदा विदेशी लवाइ खवाइको प्रभाव समेत पर्ने छ ।
२) आर्थिक प्रभाव:- 

  विश्वविद्यालय बनेपछि त्यसको संचालन खर्च बापत प्रदेश सरकारले करोडौँ रकम बाँकेमा लगानि गर्ने छ । जसको प्रत्यक्ष फाईदा बाँकेवासीलाई हुने छ । यसै गरि विदेशी विद्यार्थी पनि अध्ययन गर्न आउने हुँदा विदेशी मुद्रा समेत आर्जन हुनेछ । यत्रो रकमको लगानि बाँकेमा हुँदा यहाँ धेरै संभावनाको ढोका खोल्नेछ ।

 खजुरामा वि वि कालागि विभिन्न भवनहरूको निर्माण समेत हुनेहुँदा निर्माण सामग्रीहरूको व्यापार समेत राम्रो हुनेछ ।

 ३) रोजगारीको सिर्जना :-

  विश्वविद्यालयका लागि आवश्यक मावन स्रोतको व्यवस्थापन गर्नु पर्ने हुन्छ । प्रत्यक्षरूपमा प्राध्यापकहरू र विभिन्न कर्मचारीहरूको दरवन्दि सिर्जना हुन गइ रोजगारीका अवसर खुल्नेछन । जसमा बाँकेवासीले यथेष्ठ लाभ लिन सक्नेछन । त्यति मात्र नभइ अप्रत्यक्ष रोजगारीका अवसरहरू समेत सिर्जना हुनेछन् । जस्तै होटल व्यवसाय फस्टाउनेछ, विभिन्न यातायातका साधनहरूको बिक्रि वितरण बढ्नेछ ।
 ४) शैक्षिक उन्नयन :-
यहाँ विश्वविद्यालयको स्थापना भयो भने सबैभन्दा बढी त यहाँको शैक्षिक उन्नयन नै हुने हो । यहाँका विद्यार्थीले सहज रूपमा उच्च शिक्षा अध्ययन गर्न पाउनेछन् । +२ पास गरेर पनि विभिन्न कारणबाट उच्च शिक्षाबाट बन्चित हुनपुगेका यहाँका उर्जाशिल विद्यार्थीहरूले  कम लागत र सहजरुपमा उच्च शिक्षा प्राप्त गर्न सक्नेछन्। त्यसैगरि यहाँ रहेका अन्य व्यक्तिहरूले पनि सहज रूपमा आफ्नो शैक्षिक गुणस्तर  बृध्दि गर्न सक्नेछन ।
विदेशी विद्यार्थीलाई समेत सहज तरिकाले शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने छ ।

 यसले गर्दा त्रि वि का आंगिक क्याम्पसहरूलाई समेत शैक्षिक स्तर अभिवृध्दी गर्न प्रेरित गर्नेछ ।

५) खोज अनुसन्धान :-
यहाँको वि वि ले यहीका रिति, रिवाज, कला, साहित्यलाई प्रथमिकतामा राखि खोज अनुसन्धान गर्ने हुँदा लोपोउन्मुख विभिन्न चिजको खोज अनुसन्धान हुनेछन् ।

त्यति मात्र कहाँ हो र यहाँ रहेका विज्ञान प्रविधिका हाम्रा मौलिक कुराहरू समेत अध्ययन अनुसन्धान हुन गई हाम्रा प्रविधिहरू समेत विश्वव्यापिकरणमा प्रवेश हुनेछन् । त्यसैगरि वि वि ले भित्र्याउने नयाँ प्रविधिहरू समेत यहाँ आइ पुग्नेछ

६) राजनितिक प्रभाव :-
भनिन्छ व्यापारले तुरुन्त फाईदा दिन्छ भने खेतिले वर्षदिनमा । त्यसै गरि उद्योगले  पाँच सात वर्षमा फाइदा दिन्छ भने शिक्षाले दशकौँ पछि ।त्यकारण दशकौँ सम्म समाजमा प्रभाव पार्ने भनेको शिक्षा नै हो । यदि बाँकेमा रहेको खजुरामा विश्वविद्यालय स्थापना भयो भने यसको श्रेय स्थापनाकर्तालाई जाने छ र दशकौँसम्म त्यसको सकारात्मक असर राजनितिमा समेत पर्नेछ । त्यसकारण वि वि स्थापना जस्तो पवित्र कार्यमा सबै राजनितिक दल लाग्ने नै छन् ।

 समानुपातिक विकाशको सिध्दान्तलाई अंगिकार गर्दै विश्वविद्यालय संचालन गर्नु पर्दछ । जसमा विभिन्न प्राविधिक संकायहरू प्रदेशका बाह्रवटै जिल्लामा हुने गरि संचालन गर्नु उपयुक्त हुनेछ । जसको लागि क्रमश: विभागहरू थप्दै लैजानु पर्दछ । एकै पटक सबै संकाय संचालन गर्न गारो हुन्छ त्यकारण चरणगत रूपमा संकाय ( स्कुल ) हरू बढाउँदै लैजानु पर्छ ।

अहिलेसम्मका वि वि हरूको नेतृत्व त्रि वि कै प्राध्यापकहरूले गरेकोले मातृ वि वि ( त्रि. वि.) भन्दा कुनै पनि हालतमा माथि उठ्न नदिने कुत्सित प्रयास देखिन्छ । जसको परिणाम देशका कुनै पनि वि वि (काठमाण्डौं वि वि बाहेक) त्रि वि भन्दा उत्कृष्ट हुन सकेका छैनन् । आयातित नेतृत्वले जागिर त खायो तर वि वि लाई कछुवा भन्दा पनि कम गतिमा हिडायो । त्यकारण यो वि वि लाई गतिशिलरूपमा हिंडाउँन यहिको मानव स्रोत ( यहि वि वि को स्थायी व्यक्ति) लाई प्रयोग गर्नु पर्दछ ता कि उसले आफ्नो वि वि लाई अरू वि वि भन्दा चुस्त र गतिशिल रूपमा अगाडि बढाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here