नेपालगञ्ज,असार १९ । बाँकेका अस्पतालहरुमा रगत अभाव हुन नदिनका लागि नेपालगञ्जबाट प्रकाशित लोकप्रिय सन्देश दैनिकले शनिबार दशौं पटक रक्तदान कार्यक्रम गरिरहेको छ । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्रमा जारी रक्तदान कार्यक्रममा स्वस्फुर्त समेत रक्तदाताहरु सहभागी भएको कार्यक्रम संयोजक दिनेश ठाकुरले जानकारी दिनुभयो ।

लोकप्रिय सन्देश दैनिकले चार वर्षदेखि नियमित रुपमा रक्तदान कार्यक्रम संचालन गर्दै आईरहेको छ । पत्रिकाको बार्षिक उत्सवको अवसरमा त्रैमासिक रक्तदान कार्यक्रम चारवर्षअघि सुरुवात गरि निरन्तरता दिइएको हो । शनिबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, बैश्य सेवा समाजका अध्यक्ष नन्दलाल बैश्य, लोकप्रिय सन्देश दैनिकका प्रधान सम्पादक गोविन्द शर्मा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले रक्तदान कार्यको सुभारम्भ गर्नुभयो । शनिबारको रक्तदान मुस्लिम समाज, मिङ्मार होटल नेपालगञ्जको सहकार्यमा आयोजना गरिएको लोकप्रिय सन्देशा प्रबन्धक ठाकुरले बताउनुभयो ।

रक्तदान कार्यक्रममा लोकप्रिय सन्देशका ठाकुर, पत्रकार महासंघ बाँकेका सहसचिव कृष्ण ओली, सामाजिक विकास डिभिजन कार्यालयका अधिकृत वालकृष्ण चौधरी, मिङमार होटलका नुरी शेर्पा, डोमा शेर्पा लगायतले रक्तदान गर्नुभएको छ । कार्यक्रममा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला, युवा संघ बाँकेका सचिव सुनील रसाईली, पत्रकार अजय गुप्ता, पवन जायसवाल, माधवराम वर्मा, रमेशचन्द्र कुम्हार, मुस्लिम समाजका मुन्ना मन्सुरी लगायतको उपस्थिती थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here