१० भाद्र, नेपालगञ्ज । बाँके प्रहरीले लेनदेन मुद्दाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला बाँके कोहलपुर ननगरपालिका वडा नं. ११ बस्ने ३२ वर्षीय लोकेन्द्र भाटलाई प्रहरीले पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतको मिति २०७९।०२।२० गतेको फैसलाले भाटलाई लेनदेन मुद्दामा १ वर्ष कैद तोकेकोमा उनी हालसम्म फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले शुक्रवार भाटलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भाटलाई बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here