६ श्रावण, नेपालगञ्ज । बाँके प्रहरीले लागू औषध मुद्दाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बाँके जिल्ला अदालतको मिति २०७८।१२।०९ गतेको फैसलाले बाँकेको कोहलपुर न.पा.८ बस्ने वर्ष २६ का गणेश बुढालाई लागू औषध मुद्दामा २३ दिन कैद तोकिएकोमा उनी हालसम्म फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले शुक्रवार निजलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here