२१ कार्तिक, नेपालगञ्ज । तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक भएको छ । राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । राफल्स एडुकेरको निर्माण रहेको यो गीतमा बालबालिकादेखि युवापुस्ता सम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिन्छ भने भिडियोमा धार्मिक, सास्कृतिक र परम्परालाई विशेष मह्त्व दिदै क्यानाडा, युके, युसए र अष्ट्रेलिया लागाएत देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई विशेष शन्देश यो गीतको शब्दले दिएको छ ।

विगत १८ बर्स देखि सञ्चालनमा आएको राफ्लस एडुकेरले विद्यार्थीको उज्ज्वल भबिस्यको लागि विद्यार्थीलाई क्यानाडा, युके, युसए र अष्ट्रेलिया पठाउदै आएको छ ।
दुर्गेश थापा अभिनित तिहार गीत सुन्न र हेर्न को लागि फयानहरु आतुर रहेको देख्न सकिन्छ । कुनै पनि चलचित्रको प्रमोसन होस वा विज्ञापनमा दुर्गेश जता ततै छाएको देख्न सकिन्छ । युवा पुस्तामा छाइरहेका दुर्गेश थापाको गीत सोसल मिडियामा रिलिज हुने बित्तिकै भाइरल हुने गर्द्छ ।
राफल्स एडुकेरको निर्माणमा रहेको गीतमा सुदिप कुवरको स्वर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here