नेपालगञ्ज, पुस १ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया र राजापुर नगरपालिकाका बालअधिकार समितिलाई स्थानीयस्तरमा बालअधिकार संरक्षण र कार्य प्रवाह सम्बन्धि तालिम प्रदान गरेको छ । बर्दियाको ठाकुरद्धारामा आयोजना गरिएको सो तीन दिने तालिम क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, चाँडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत गरिएको हो । बाल अधिकार समितिलाई दिईएको सो तालिम बिशेषगरि बाल अधिकार, बाल संरक्षण र लैंगिक हिंसा सम्बन्धि क्षमता अभिबृद्धि गर्नका लागि प्रदान गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनपछि पुनर्गठन गरिएका बालअधिकार समितिका पदाधिकारीलाई सो तालिम दिनु आवश्यक रहेकोले दिईएको बताउनुभयो । तालिममा बाल विवाह र लैंगिक हिंसाका घट्ना व्यवस्थापन कसरी गर्ने भन्ने बरेमा विशेष फोकस गरिएको र सोही कुरा सिकाईएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । बाँके युनेस्को क्लबका उपनिर्देशक महेश नेपालीका अनुसार सो तालिमका प्रशिक्षक जगदिश सिंह रहनु भएको थियो भने तालिममा राजापुर नगरपालिकाका उपमेयर, प्रहरी प्रतिनिधि, बाल क्लब, नगरपालिकाको शिक्षा, महिला तथा बालबालिका र स्वास्थ्य शाखाका प्रतिनिधीको सहभागिता रहेको थियो । तालिममा सहभागि गुलरिया र राजापुर नगरपालिकाका बालअधिकार समितिका पदाधिकारीहरुले बाल अधिकार, बाल संरक्षण र लैंगिक हिंसा सम्बन्धि विषयमा प्रशिक्षक लगायत अन्य सरोकारवालाहरुसंग विभिन्न जिज्ञासा समेत राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here