
युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले भने भेरी अस्पतालमा बिहीबार राति चिकित्सक र स्वास्थ्यकर्मीमा कुटिएको घटना प्रती आपत्ति जनाउदै प्रमुख जिल्ला अधिकारी समक्ष उक्त घटना घाउनेलाई कडा कारबाहीको माग गरेका हुन् ।
अध्यक्ष थापाले अगाडी भनेका छन् , चिकित्सक र स्वास्थ्यकर्मी माथीको अमानवीय घटना घटाउनेलाई कडा भन्दा कडा कारबाही होस् अन्यथा युवा संघ नेपालले कारबाही गर्ने समेत घोषणा गरेका छन् ।
गय राती भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामिको मृत्यु पछि मृतकका आफन्तिले चिकित्सक र स्वास्थ्यकर्मीमाथी अन्धाधुन्ध आक्रमण गरेका थिए । सो आक्रमणबाट बच्न केही नर्सहरु पहिलो तलाबाट हाम फालेर ज्यान जोगाउने प्रयास गरेका थिए , सो क्रममा चिकित्सक र स्वास्थ्यकर्मीलाई चोट समेत लागेको छ ।