२१ असार, नेपालगन्ज । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रमको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले भोलि आईतवारका दिन सबै विद्यालयहरुमा विदा दिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उप–सचिव (प्रा.) गोर्ख बहादुर थापाले जारी गरेको सूचनामा ‘२०८२।०३।२२ गते आईतवारका दिन मुस्लिम समुदायहरुको महान पर्व मोहर्रम पर्न गएकोले यस उपमहानगरपालिका अन्तर्गत रहेका सामुदायिक, नीजि एवं धार्मिक विद्यालयहरुमा पठन पाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि आदेशानुसार अनुरोध छ’ भनि उल्लेख रहेको छ ।
यस्तै डुडुवा गाउँपालिकाले पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।
भोली आइतबार मनाइने उक्त पर्वको अवसरमा पालिकाले सूचना निकालेर सार्वजनिक विदा दिएको हो ।
पालिका अन्तर्गत सामुदायिक तथा नीजि विद्यालय, मदरसा, मुस्लिम विद्यार्थी तथा मुस्लिम वर्गका कर्मचारीलाई विदा दिइएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
अध्यक्ष चौधरीले मोहर्रम पर्वको अवसरमा सम्पुर्ण इस्लाम धर्मालम्बीलाई शुभकामना समेत व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here