आज मधेस मीडिया मिसन बाँके शाखाले आफ्नो कार्यालय उद्घाटन गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ फुल्टेक्र मा सो कार्यालय खोलिएको हो ।
मधेस मीडिया बाँके शाखा अध्यक्ष चन्देश्वर राज त्रिपाठी को अध्यक्षता मा आयोजना गरिएको उक्त कार्यक्रम मा प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ को अध्यक्ष समीर प्रताप सिंह ले रेबन् काटेर उक्त कार्यालय को उद्घाटन गर्नु भएको हो ।
सो कार्यक्रम को विशिष्ट अतिथि मा मधेस मीडिया मिसन को भातृ संगठन नागरिक अधिकार मञ्च का पूर्व अध्यक्ष रमेश चन्द्र कुमाल र कार्यवाहक अध्यक्ष समीर अलि रहनु भएको थियो ।
मधेस मीडिया मिसन बाँके साखा जिल्ला कार्यसमिति सल्लाहकार अजय गुप्ता उपाध्यक्ष मनोज कौशल सचिव संध्या शर्मा ,कोषाध्यक्ष चन्दा सिंह सह सचिव रमेश चन्द्र कुमाल सदस्य आकाश कसौधन, सकिल अहमद राई सञ्चारकर्मी बनी अमिन सल्मानी वडावासी हितेष भरती लगायत को उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम मा सत्यम खबर को दोश्रो वार्षिक उत्सव पनि मनाइएको थियो ।