सबैभन्दा धेरै मानवीय क्षती कार्तिक र फागुन महिनामा भएको छ । यी दुई महिनामा ९–९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ६८ जना गम्भीर घाइते हुँदा १२७ जना सामान्य घाइते भएका छन्। साउनमा ६ वटा दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । भदौमा २० वटा दुर्घटनामा ५, असोजमा १९ दुर्घटनामा ७, कार्तिकमा १२ दुर्घटनामा ९, मंसिरमा १५ दुर्घटनामा ५, पुसमा १० दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् । यस्तै माघमा १३ दुर्घटनामा ४, फागुनमा १२ दुर्घटनामा ९, चैतमा १६ दुर्घटनामा ६ र बैशाखमा ७ दुर्घटनामा ८ जनाले ज्यान गुएका प्रमुख भण्डारीले बताउनुभयो । तीन वर्षको मृत्यु तथ्यांक केलाउँदा यो गएको आर्थिक वर्षकै हाराहारी हो ।

आर्थिक वर्ष ०७६÷७७ मा २८० दुर्घटनामा ७३ जनाको मृत्यु भएको थियो भने ०७५÷७६ मा १६१ सवारी दुर्घटना भएकोमा ६० जनाले ज्यान गुमाएका थिए । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा भने १६२ सवारी दुर्घटना भएकोमा ४७ जनाले ज्यान गुमाएको तथ्यांक छ ।

दुई करोड ३१ लाख राजश्य उठ्यो

यो आर्थिक वर्षको बैशाख मसान्तसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ करोड ३१ लाख बढी राजश्य संकलन गरेको छ । यो गत बर्षको भन्दा तीन महिना अगावै १ करोड २ लाख बढी हो । प्रमुख भण्डारीले चालू आर्थिक वर्षमा २ करोड राजश्व संकलनको लक्ष्य लिनुभएको थियो । ४० हजार ६३९ सवारी साधान कारवाही गर्दा २ करोड ३१ लाख २४ हजार राजश्व संकलन भएको हो । साउनमा १० लाख ४७ हजार ५००, भदौमा १७ लाख २० हजार, असोजमा १९ लाख १४ हजार, कार्तिकमा २२ लाख ४४ हजार, मंसिरमा ३० लाख ९३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ । पुषमा २७ लाख ६३ हजार, माघमा २७ लाख ४३ हजार, फागुनमा ३५ लाख ४५ हजार, चैतमा २६ लाख ४८ हजार र बैशाखमा १४ लाख ६ हजार संकलन भएको छ । यो राजश्व आर्थिक वर्ष ०७६÷७७ भन्दा बढी हो । गएको आर्थिक वर्ष १ करोड २९ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

दुर्घटना न्यूनिकरणका लागि सचेतिकरण कार्यक्रम

दुर्घटना न्यूनिकरणका लागि विभिन्न खाले सचेतिकरणका कार्यक्रम संचालन गर्ने गरिएको प्रमुख भण्डारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here